काठमाडौं, १४ पुस । उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापाल पाँच दिने चीन भ्रमण सकेर आज स्वदेश फर्कदैँ हुनुहुन्छ ।
बिहान ११ बजे थाइएयरको उडानबाट मन्त्री थापा काठमाडौंस्थित त्रिभुवन बिमानस्थलमा अबतरण गर्ने कार्यक्रम रहेको उहाँका प्रेस सल्लाहकार मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
भारतको भ्रमण लगत्तै मन्त्री थापा कानुनमन्त्री अग्नि खरेललाई समथमा लिएर चीन जानु भएको थियो ।
चीनमा रहँदा विभिन्न पक्षसँग भेटवार्ता गर्नुभएका मन्त्री थापाले व्यापारका विषयमा पनि परामर्श गर्नुभएको थियो । उहाँले नेपालमा इन्धन आपूर्ति गर्ने विषयमा समेत छलफल गर्नुभएको जनाइएको छ ।












प्रतिक्रिया