३१ आश्विन २०८३, शनिबार

जोगवनी नाकाबाट धमाधम इन्धन भित्रिन् थाल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

काठमाडौं, १३ पुस । बिराटनगर–जोगवनी नाकाबाट सोमबार अपरान्हसम्म ७४ ट्यांकर इन्धन नेपाल भित्रिएको छ ।

रानी भन्सार नाकाबाट सोमबार बेलुकी ५ बजेसम्म ६६ ट्यांकर डिजेल र ८ ट्यांकर पेट्रोलका गाडी नेपाल आएका हुन् । शनिबार धर्नामा बसेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो कुटिएपछि उक्त नाकाबाट धमाधम तेल आउन थालेको हो ।

विराटनगरस्थित रानी भन्सार कार्यालयका प्रमुख कृष्णबहादुर बस्नेतले आइतबार र सोमबार गरी भारतबाट ७४ वटा ट्यांकर नेपाल आएको बताउनुभयो । उहाँका अनुसार अझै इन्धन ट्यांकर नेपाल आउने क्रम जारी छ । नाकाबन्दीपछि असहज भएको बिराटनगर नाका पछिल्ला दिनमा सहज बन्दै गएको छ ।

गएको शनिबार यो नाकामा मधेसी मोर्चा र प्रहरीबीच झडप हुँदा महतो घाइते भएका थिए । महतो घाइते भएपछि नाकामा कुनै अवरोध छैन् ।