३० आश्विन २०८३, शुक्रबार

हतियारसहित मोर्चाका केन्द्रीय सदस्य पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pestol

राजविराज, २७ असार । हतियार बोकेर सप्तरी छिरेका जनतान्त्रिक तराई मधेस मुक्ति मोर्चाका केन्द्रीय सदस्य वीरेन्द्रप्रसाद यादवलाई सप्तरी प्रहरीले बिहीबार गिरफ्तार गरेको छ ।

सप्तरीको रम्पुरा मल्हनिया गाविस–२ स्थित मलाहा टोलमा एक राउण्ड गोली लोड भएको कटुवा पेस्तोलसहित मोर्चाका केन्द्रीय सदस्य बारा जिल्ला कटैया गाविस–७ गालापट्टि वैजनी टोलका यादवलाई गिरफ्तार गरेको सप्तरी प्रहरीले जनाएको छ ।

यादवलाई हातहतियार तथा खरखजाना ऐनबमोजिम कानुनी कारबाही सुरु गरी विगतमा निजले गरेका आपराधिक गतिविधिका बारेमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक राजकुमार वैदवारले बताउनुभयो ।