१ कार्तिक २०८३, शनिबार

ललितपुरमा तामाङ साहित्य यात्रा (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tamang-yatra (1)

ललितपुर । तामाङ डाजाङले ललितपुरको दक्षिण भेगका गाविस तथा सीमा जोडिएका मकवानपुरका गाविसहरुमा साहित्यिक यात्रा सम्पन्न गरेको छ ।

पुस ३ र ४ गते गरिएको दुइदिने यात्रा ललितपुरको प्युटार, माल्टा, आस्राङ र मकवानपुरका इपापञ्चकन्य र मन्थलीसम्म पुगेको थियो । यात्रामा तामाङ भाषा तथा साहित्य लेखन लागीपरेका कवि तथा भाषिक आन्दोलनका अगुवाहरु सहभागी थिए । लगनखेलबाट आरम्भ भएको साहित्यिक यात्रा चापागाउँ, लेलेको लप्सेडाँडा, तिनपाने भन्ज्याङ, बोम्बोगाङ, छपेलीहुँदै अप्ठेरो धुले कच्चिसडक छिचोल्दै २६ जना स्रष्टाहरु दक्षिणी ललितपुर प्युटार पुगेका हुन् ।

स्थानीय लामा, ताम्बा, गान्बा, लाप्ताबाहरुसँगको साक्षत्कार, तामाङ संस्कार संस्कृति, थरहरुको बारेमा जानकारी, स्थानिय ज्योहोज्योमो (देवीदेवता)हरु, आर्थिक, सामाजिक, शैक्षिक अवस्था, र वर्तमान जनजीवन बारे अवलोकन, अध्ययन पछि स्रस्टाहरुले साहित्य सिर्जना गरेर वाचन गरे । प्युटार गाविसको सहयोगमा सम्पन्न यात्राको औपचारिक रचना वाचन कार्यक्रम डाजाङका सदस्य प्रकाश थिङको अध्यक्षतामा कालीदेवी उच्च माविको प्रांगानमा सम्पन्न भएको थियो । समाजसेवी तथा जापनका लागि पुर्वराजदुत डा.गणेश योन्जनको प्रमुख आतिथ्य, नेपाली कांग्रेसका केन्द्रिय सदस्य कबेलबहादुर लामाको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा भाषाविद् अमृत योन्जन सहित तामाङ घेदुङका प्रतीनिधी र राजनैतिक दलका स्थानिय नेताहरुले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा यकिना अगाध, मुक्तान थेबा, राजु स्याङतान, बिना थिङ, लक्ष्मी रुम्बा, फूलकुमार बम्जन, हिरामाया घिसिङ, राम गोम्जा, अटुट दोङ, रन्जना मोक्तान, अमिर योन्जन, अर्जुन ग्लान, बुद्धराम थिङलगायतका स्रस्टाहरु सहभागी थिए भने पत्रकार शान्ति तामाङ, अर्जुन पाख्रिन, इन्द्र तामाङ, सन्चु ब्लोन, रमेश तामाङलगायत पुगेका थिए ।

यात्रामा सहभागी सुर्यमान ग्लानले भने चित्रमार्फत गाउँको तस्वीर उतार्नु भएको थियो । कार्यक्रम सफल पार्न समुन्द्रमान घिसिङ, राम लामा, मानबहादुर योन्जन, श्याम तामाङ, छोर्गे युवा क्लब र आस्राङ शसक्तिकरण युवा क्लवको भूमिकाप्रति धन्यवाद ज्ञापन गरिएको थियो ।

Tamang-yatra (1) Tamang-yatra (2) Tamang-yatra (2) tamang