१ कार्तिक २०८३, शनिबार

‘आप्पाको छोरो च्याङ्बा’ गीत सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chyangba Coverकाठमाडौं । सांगीतिक भिडमा सेलो कोसेली लिएर उभिएका छन् ओखलढुङ्गा पोकलीका जीवन बम्जन (हस्तमान) ।

‘आप्पाको छोरो च्याङ्बा’ गीति एल्बम शनिवार एक कार्यक्रम बीच सार्वजनीक गरियो । अभिनव साहित्य समाज जोरपाटीमा वरिष्ठ संगीतकार, रचनाकार एवं गायक प्रदिप बम्जनले दीप प्रज्वलनपछि सार्वजनिक गर्नुभएको हो ।

गायकका पिता धनबाहादुर बम्जनको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा अतिथिहरु राष्ट्रिय गीतका गीतकार एवं एसपी टेकबहादुर तामाङ, तामाङ डाजाङ राष्ट्रिय मासिकका सम्पादक इन्द्रकुमार तामाङ, सञ्चारकर्मी एवं भिडियो निर्देशक अर्जुनबहादुर तामाङ, गायक प्रेम लोप्चन, गायक एवं रचनाकार फुलकुमार बम्जन, गायीका शशीकला मोक्तान, नायिका चाँदनी मोक्तान, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य योविन्द्र तामाङलगायतले गतिमार्फत् विदेशीदाको पीडालाई उजागर गरेकोमा सुभकामना दिएका थिए ।

सञ्चारकर्मी एवं गातीका निर्मला घिसिङद्वारा उद्घोषित सो कार्यक्रममा पाँचवटा गीतको संग्रह च्याङ्बा सार्वजनीक भएको हो । जसमा ‘आप्पाको छोरो…’ स्वर, शब्द जीवन बम्जन, संगीत आर.बी. लामा, ‘माथि त क्याङ्जे…’ शब्द, स्वर जीवन बम्जन, संगीत टीका बम्जन, ‘सोलुकि मैच्याङ…’ र ‘गाउँकी मैच्याङ…’ शब्द, स्वर र संगीत गायक स्वयं, ‘आनीकी छोरी…’ शब्द र स्वर गायक स्वयं र साथमा गायीका अन्जु थोकर र संगीत टेक घिसिङ रहेका छन् ।