३१ आश्विन २०८३, शनिबार

बैठक अझै चल्न सकेन, सांसदहरू चौरमा घामतापेर रमाउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bicc1काठमाडौं, १२ पुस । मधेसी मोर्चाको अबरोधको डरले व्यवस्थापिका संसदको बैठक अहिलेसम्म चल्न सकेको छैन ।

सदन चलाउनका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा परामर्श र छलफलहरू भएपनि अहिलेसम्म केही टुङ्गो लाग्न सकेको छैन ।

एक बजेका लागि बोइलाइएको संसद बैठक चल्न नसकेपछि सांसदहरू अलमलमा छन् । अधिकांस सांसदहरू संसद भवनको बैठक हलमा नबसेर बहिर घामतापिरहेको देख्न सकिन्छ ।

बैठक चलाउने विषयमा सभामुख ओनसरी घर्तीले मुख्य सचेतकहरूसँग परामर्श पनि गर्नुभएको छ । तर यो समाचार तयार पार्दासम्म कुनै सहमति हुन सकेको छैन ।

मधेसी मोर्चाले संसदको बैठकमा अबरोध गर्ने जनाएको छ । मधेसी मोर्चालाई फकाउन दलहरू लागेका छन् ।

संविधानको संशोधन प्रस्तावमाथि आजबाट छलफल हुने कार्यक्रम छ । संशोधन प्रस्तावमाथि मधेसी मोर्चाले असहमति जनाउँदै आएको छ ।

स्रोतका अनुसार संसदको आजको बैठकलाई सूचना टाँस गरेर सहमतिको प्रयास गर्न दबाव आइरहेको छ ।