
मुम्बई । बलिउड अभिनेता सलमान खान ५०औं वर्षमा प्रवेश गरेका छन् ।
बलिउड भाईजानका नामले चिनिने सलमानले जन्मदिनको अवसरमा मुम्बईको पनवेलमा पार्टी दिएका छन् ।
पार्टीमा बलिउडका थुप्रै हस्तीहरु सहभागी थिए । तिमध्ये अभिनेत्री सोनाक्षी सिन्हा पूरै परिवारका साथ पार्टीमा पुगेकी थिईन् । त्यसैगरी सोनम कपूर आफ्ना पिता अनिल कपूरका साथ त्यहाँ पुगेकी थिईन् । कंगना रनवट, मल्लिका शेरावत, रितेश देशमुख पत्नी जेनेलियासँग पार्टीमा गएका थिए । तर, पनवेलको पार्टीमा बलिउड बादशाह शाहरुख खान र मिस्टर पर्फेक्टनिष्ट आमिर खान देखिएनन् ।
यसवर्ष सलमानलाई आफ्नो जन्मदिन खास थियो । किनकि यो वर्ष उनले धेरै प्रगति गरेका छन् । सफलता हात पारेका छन् ।
मुख्य पाँच सफलताः
वर्ष २०१५ सलमानका लागि निकै उपलब्धिपूर्ण रह्यो । उनले यो साललाई याद गरिरहने छन् ।
यो वर्ष उनका दुई फिल्म ‘बजरंगी भाईजान’ र ‘प्रेम रतन धन पायो’ले बक्स अफिसमा हिट भए । दुबै फिल्मले ५०० करोडभन्दा माथिको व्यापार गर्यो ।
त्यतीमात्रै होइन् यसैवर्ष उनले १३ वर्षदेखि आफूमाथि चल्दै आएको ‘हिट एण्ड रन’ केसमा सफाइ पाए । यो मुद्दामा १३ वर्षदेखि अल्झिएका सलमानले राम्रोसँग काम गर्न पाएका थिएनन् । अर्काेतर्फ जेल जाने डरले यही मुद्दाका कारण विहे पनि गरेका थिएनन् ।
यी सबै कुरापछि यसवर्ष रोमानियन मोडल लूलियासँग सलमान खान नजिकिएको थिए र इन्गेजमेन्ट गरेको खबर पनि बाहिर आएको थियो । अर्काे महत्वपूर्ण सफलता भनेको शाहरुखसँगको आफ्नो दुश्मनी अन्त्य गरेर फेरि दोस्ती गर्नु हो । (एजेन्सीको सहयोगमा)















प्रतिक्रिया