
काठमाडौं, १२ पुस । थाइल्याण्डको (Paveemol) कम्पनीका ख्यातीप्राप्त स्किन केयर उत्पादनको कारोबार नेपाली बजारमा शुरु भएको छ ।
स्किन केयर उत्पादनलाई फ्रि ह्वील प्रालिले नेपाली बजारमा ल्याएको हो । नेपालका लागि आधिकारिक बिक्रेता बनेको फ्रि ह्विल प्रालिले काठमाडौंबाट पहिलो चरणमा कारोबार शुरु गर्न लागेको बताउँदै निर्देशक प्रतिमा थापा कार्कीले यसको कारोबारलाई नेपालभर विस्तार गर्ने बताउनुभयो ।
नेपालमा उपलब्ध हुने पेभिलोन कम्पनीका उत्पादनहरुमा (K A cream, K A Night Serum, KA UV Protection Whitening Face Cream, KA Acne Cream, KA Body Lotion, KA Lip Care, Explor Body Spray, Explor Hair Gel, Explor Face Cream, Polka Hand Cream, Polka Cracked Heel Cream) लगायत ६५ वटा उत्पादन रहेका छन् ।
थाइल्याण्डमा उत्पादिन उत्पादनहरु मध्ये (KA UV Protection Whitening) ले 2014 मा (Cosmo Readers Choice Award) पाएको थियो भने 2015 मा (Cosmopolitan Kiss Beauty Award) पाएको थियो । यसैगरि (Polka Cracked Heel Cream) ले Readers Choice Award 2015 पाइसकेको छ । पेभिमोल कम्पनीले थाइल्याण्डको स्वास्थ्य मन्त्रालय अन्तर्गतको थाइ फुड एण्ड ड्रग्स बिभागबाट गुणस्तर अवार्ड २०१४ र २०१५ प्राप्त गरिसकेको छ ।
कम्पनीका सबै उत्पादनहरु अल्कोहल रहित भएको बताउँदै प्रबन्ध निर्देशक ललितकुमार कार्कीले दाग हटाउने, चाया पोतो हटाउने, चाउरीपन हटाउने, भिटामिन इ युक्त, घामबाट जोगाउने बिभिन्न किसिमका क्रिमहरु फ्रि ह्विल प्रालिले नेपाली बजारमा ल्याएको जानकारी दिनुभयो ।
कम्पनीले ल्याएका हरेक उत्पादनको बिक्रीमा १ रुपैयाँ जम्मा गरिने जम्मा भएको रकम समाज सेवाका लागि खर्च गरिने पनि उहाँले जानकारी दिनुभयो ।
पहिलो चरणमा न्युरोडको खिचापोखरी तथा नयाँ बानेश्वरस्थित आफ्नै आउटलेटबाट कारोबार गरिने बताउँदै फ्रि ह्विल प्रालिकी निर्देशक प्रतिमा थापा कार्कीले कम्पनीका उत्पादन उपत्यकाका सबै डिपार्टमेन्टल स्टोर लगायत कस्मेटिक पसलहरुमा पाइने बताउनुभयो । उहाँले स्वास्थ्य महत्वपूर्ण भएको बताउँदै आफूले ल्याएका उत्पादनमा भिटामिन इ रहेको र अल्कोहलको मात्रा नभएकोले यी उत्पादनको प्रयोग निर्धक्क भएर गर्न अनुरोध गर्नुभयो ।
सेल्स मेनेजर मनिषा अवाले गुणस्तर र सर्वसुलभ सेवाका लागि पेभिमोल कम्पनीका स्किन केयर बजारमा आएको बताउनुभयो ।















प्रतिक्रिया