
विराटनगर, १२ पुस । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार विराटनगरको जोगवनी नाकामा भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
आइतबार विहानै विराटनगर पुगेका प्रचण्डले यहाँस्थित विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रहरी र मधेसी मोर्चाको कार्यकर्ताबीच विराटनगरको रानी भन्सारनजिक शनिबार अपराह्न भएको झडपको घटनाप्रति दुःख व्यक्त गरेका हुन् ।
उनले झडपमा परी घाइते भएका मधेसी मोर्चाका नेता तथा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको स्वास्थ्यलाभको कामना गरे ।
शनिबार प्रहरी र मोर्चाका कार्यकर्ताबीच झडप हुँदा महतो घाइते भएका थिए । उनको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।















प्रतिक्रिया