६ कार्तिक २०८३, शुक्रबार

फेरि टुक्र्याइयो दुई मन्त्रालय, मन्त्रीको जिम्मेवारी हेरफेर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

oli-cabinet-1st-meeting

काठमाडौं । मन्त्रिपरिषद्ले शुक्रबार पनि दुई मन्त्रालय टुक्रयाएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालय टुक्रयाएर वाणिज्य र आपूर्ति छुट्टाछुट्टै मन्त्रालय बनाइएको छ । कृषि विकास मन्त्रालय टुक्रयाएर कृषि र पशु मन्त्रालय बनाइएको हो ।

सरकारले बिहीबार मात्रै विभिन्न मन्त्रालय टुक्रयाएर दुईवटा नयाँ मन्त्रालय बनाउने निर्णय गरेको थियो । शुक्रबार थपिएका मन्त्रालयसहित अब मन्त्रालय संख्या ३० पुगेको छ । सरकारले ‘ओ एन्ड एम सर्भे’विनै मन्त्रालय थप गरेको हो । कानुनअनुसार संगठन तथा दरबन्दी थप गर्नुपर्दा अनिवार्य रूपमा ‘ओ एन्ड एम सर्भे’ गर्नुपर्ने प्रावधान छ ।

नयाँ संविधानमा भने २५ मन्त्रालयभन्दा बढी बनाउन नपाइने उल्लेख छ । कृषि विकास मन्त्रालयबाट पशु विकास मन्त्रालय बनाउँदा जिल्ला तथा इलाकास्थित कार्यालयसम्म विभिन्न प्रशासनिक तथा विकास खर्च गरी वार्षिक एक अर्बजति खर्च हुने प्रशासकहरूको भनाइ छ । त्यस्तै, वाणिज्य तथा आपूर्तिबाट आपूर्ति मन्त्रालय बनाउँदा थप भएको अर्को मन्त्रालयका लागि वार्षिक २० करोडभन्दा बढी खर्च हुने देखिएको छ ।

मन्त्रीको जिम्मेवारी हेरफेर

नियुक्त भएको ५० दिनपछि बिहीबार मात्रै शान्ति तथा पुनर्निर्माण मन्त्रालयको जिम्मेवारी पाएकी शान्त मानवीलाई शुक्रबार पशु विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । कृषि विकास मन्त्रालय फुटाएर पशु विकास मन्त्रालय बनाइएको हो ।

विनाविभागीयमन्त्रीमा बिहीबार नियुक्त एकनाथ ढकाललाई शान्ति तथा पुनर्निर्माण मन्त्रालयको जिम्मेवारी दिइएको छ । बिहीबार श्रममन्त्रीको जिम्मेवारी पाएका दीपक बोहरालाई आपूर्ति मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ ।

राप्रपाबाट दुईवटा मन्त्री बनाउन लागिएकाले दुवै मन्त्रालयको जिम्मेवारी बोहरालाई नै दिइएको हो । वाणिज्य तथा आपूर्ति मन्त्रालय टुक्रयाएर दुई मन्त्रालय बनाइएको हो । नयाँ पत्रिका दैनिकमा खबर छ ।