६ कार्तिक २०८३, शुक्रबार

एघार लाख बालबालिकाको ज्यान उच्च जोखिममा, कसले दिने ध्यान ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa Piditकाठमाडौं, ११ पुस । केन्द्रीय बाल कल्याण समितिको तथ्या‌ङ्क अनुसार चिसोका कारण ११ लाख २१ हजार आठ जना भूकम्पपीडित बालबालिका उच्च जोखिममा परेका छन् ।

युनिसेफका अनुसार नाकाबन्दीले भूकम्प प्रभावित जिल्लाका बालबालिकाले पौष्टिक आहार, खोप, औषधि पाएका छैनन् ।

युनिसेफले भनेको छ, ‘इन्धन खाना, औषधि र खोप अभावले यो वर्षको जाडोमा नेपालका पाँच वर्ष मुनिका तीन लाखभन्दा धेरै बालबालिका बिरामी वा मृत्युसमेत हुनसक्ने जोखिममा छन् । भूकम्पको असर भोगेका बालबालिका सबैभन्दा बढी प्रभावित छन् ।’

देशभर नाकाबन्दी तथा भूकम्पले पाँच वर्षमुनिका ३० लाख बालबालिका प्रभावित रहेको युनिसेफको तथ्यांक रहेको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

यसैवीच भूकम्पपीडितलार्इ न्यानोका लागि प्रभावित १४ जिल्लामा सरकारले झन्डै साढे पाँच अर्ब रुपैयाँ वितरण गर्ने भएको छ ।

सो रकम भूकम्पपीडित प्रत्येक परिवारलार्इ १०–१० हजार रुपैयाँका दरले वितरण गर्न थालिकएक छ । तर पीडित परिवारले राहत नपाएको गुनासो गरेका छन् ।