३१ आश्विन २०८३, शनिबार

नेपाली कांग्रेसका पदाधिकारीहरूको आकस्मिक बैठक सुरू

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, १० पुस । मुलुकको पछिल्लो राजनीतिक अवस्था र राजनीतिक गतिरोध अन्त्यका विषयमा छलफल गर्न प्रमुख विपक्षी दल नेपाली कांग्रेसको पदाधिकारीहरूको आकस्मिक बैठक बसिरहेको छ ।

कांग्रेस सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा जारी बैठकमा आइतबारदेखि सुरू हुन लागेको संविधान संशोधनको प्रस्तावमाथिको छलफल र मधेसी मोर्चाको आन्दोलन एवम् मागका विषयमा केन्द्रित हुने बुझिएको छ ।

कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले आजै दिउँसो एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्नुभएको थियो । सो विषयमा पनि पदाधिकारी बैठकमा छलफल हुनेछ ।

सरकार विस्तारपछि रिसाएको कांग्रेसले भूकम्पपीडितहरूलाई छिटो राहत दिनु पर्ने तथा कालोबजारी अन्त्यको माग गर्दै आएको छ ।