२९ आश्विन २०८३, बिहिबार

जर्मनी र अर्जेन्टिना तेस्रो पटक एक–आपसमा भिड्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

2-big-game-finalकाठमाडौँ, २६ असार ।  ब्राजिलमा जारी विश्वकप फुटबको २०औं संस्करणको फाइनलमा जर्मनी र अर्जेन्टिना पुगेपछि विश्व फुटबलमा महादेशीय टक्कर पर्ने निश्चित भएको छ ।

तेस्रो पटक एक–आपसमा भिड्न लागेका जर्मनी र अर्जेन्टिनाबीचको विश्वकप फुटबलको फाइनल खेललेसँगै यस्तो निश्चित भएको हो ।

सन् १९८६ मा मेक्सिकोमा भएको फाइनलमा जर्मनीलाई ३–२ ले हराउँदै अर्जेन्टिनाले उपाधि जितेको थियो भने यसको ४ वर्षपछि सन् १९९० मा इटालीको रोममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई १–० ले हराउँदै जर्मनीले उपाधि उचालेको थियो ।

विश्वकपका हालसम्मका १९ संस्करणमध्ये युरोपले १० उपाधि जितेको छ भने दक्षिण अमेरिकाले ९ पटक उपाधि जितेको छ ।
आइतबार राती रियो दि जेनेरियोमा हुने फाइनल खेललाई दुई देशको भन्दापनि दुई महादेशको भिडन्तको रुपमा हेरिनेछ ।

फाइनल खेलले विश्व फुटबलका दुई परम्परागत प्रतिद्धन्द्धी अर्जेन्टिना र जर्मनीबीचको सदावहार दुश्मनीलाई नवीकरण गर्नेछ । तर, यी महादेशको खेलमा कसले बाजी मार्ने हुन हेर्न बाँकी छ ।