६ कार्तिक २०८३, शुक्रबार

प्रधानमन्त्री ओलीलाई धम्की दिने यी को हुन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Meghraj-Nepali-Nishadकाठमाडौं । उता उद्योग राज्यमन्त्रीका रूपमा रहेका मेघराज नेपाली निषादले पनि ‘काम पाइनस् बुहारी पाडाको ….’ भने जस्तै कार्यकक्ष नभएको गुनासो मात्रै गरेर बस्ने गरेका छन् ।

जयमुकुन्द खनाललाई समेत उनले कार्यकक्षको विवाद झिकेर सधैं झगडा गर्ने गरेका थिए । हालका सचिव सूर्य सिलवालसँग पनि उनले कार्यकक्षको विवाद झिकेर बसिखप्न दिएका छैनन् । मन्त्री पाण्डेले कुनै पनि अधिकार नदिएको भन्दै निषादले राज्यमन्त्रीबाट राजीनामा दिने धम्की समेत प्रधानमन्त्री ओलीलाई दिएका छन् ।

ओलीको कृपामा राज्यमन्त्रीको पद उपहार पाएका निषाद आजकल मन्त्रालयमा आउने र केही कार्यकर्ता बोलाएर पान खाँदै मन्त्रालयको भित्तो फोहोर गर्ने कार्यमा मात्रै लागेको उनको सचिवालयमा रहेका एक सरकारी कर्मचारीले बताए । ती कर्मचारीका अनुसार राज्यमन्त्री र मन्त्रीको बीचमा कुनै सम्बन्ध छैन । मन्त्री पाण्डेले उनलाई कुनै अधिकार पनि दिएका छैनन् ।

पाण्डेले भने ओलीले आफूलाई फँसाउनकै लागि निषाद जस्तो घाँडो व्यक्तिलाई राज्यमन्त्री बनाएको भन्दै माधव नेपालसमक्ष गुनासो गर्ने गरेका छन् । मन्त्री पाण्डेका लागि मन्त्री पद ‘नखाऊँ भने दिनभरिको शिकार खाऊँ भने कान्छा बाबुको अनुहार’ भने जस्तै भएको छ । कुनै निर्णय नगर्ने, कर्मचारीले गरौं न हजुर भन्दा समेत केही काम नगर्ने प्रवृत्ति दैनिक बढ्दै गएको भन्दै उद्योग मन्त्रालयका कर्मचारी समेत दङ्ग परेका छन् । जनआह्वान साप्ताहिकमा खबर छ ।