६ कार्तिक २०८३, शुक्रबार

हार्ने डरले यी दुई शीर्ष नेताहरूबीच बिवाद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushil-deubaकाठमाडौं, १० पुस । १३ औँ महाधिवेशन सुरु हुन तीन महिनाभन्दा कम समय बाँकी रहँदा नेपाली कांग्रेसभित्र पदाधिकारी संख्यालाई लिएर विवाद सुरु भएको छ ।

दोस्रो पुस्ताका एक दर्जन नेताले पदाधिकारीमा दाबीसहित आफ्नो स्थान सुरक्षित गर्न सक्रिय रहेकाबेला पदाधिकारी संख्या बढाउने विषयमा सभापति सुशील कोइराला र बरिष्ठ नेता शेरबहादुर देउवा पक्षवीच मतभेद देखिएको हो ।

कोइराला र देउवा दुबै पक्षले नेतृत्व विकास र हस्तान्तरणभन्दा महाधिवेशनको जोडघटाउमा विधान संशोधनलाई जोडेर हेरेपछि विधान संशोधन समिति नै विभाजित देखिएको समाचार नागरिक दैनिकले छापेको छ ।

संगठन विभाग प्रमुख आनन्द प्रसाद ढुंगाना नेतृत्वमा गठन भएको विधान संशोधन समितिमा सभापति कोइराला निकट नेता पदाधिकारी बढाउने पक्षमा छन् भने देउवा निकट नेताहरु विपक्षमा उभिएका छन् ।

पदाधिकारी संख्या बढाएर कोइराला पक्ष आफू निकट नेताको सहज व्यवस्थापन पक्षमा देखिन्छ तर देउवा पक्ष संख्या बढ्न नदिएर कोइरालालाई अप्ठ्यारोमा पार्दै महाधिवेशनको परिणाम आफ्नो पोल्टामा पार्ने दाउमा छ ।