६ कार्तिक २०८३, शुक्रबार

मधेसी मोर्चाको नाकाबन्दीले मधेसी जनता नै धेरै पीडित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Morchaरौतहट, १० पुस । रौतहट जिनल्ला लक्ष्मीनिया– ८ हिमालीबासका रामअयोध्याय साह डिजेलको खोजीमा हातमा रित्तो जर्किन बोकेर बजार चहार्दै गरेको अवस्थामा बाराको निजगढमा भेटिए ।

इन्धन अभावमा घरमा रहेको ट्याक्टरले जोतेर खेतमा गहुँ छर्न नपाएपछि समस्यामा परेका साह इन्धनको जोहो गर्न गाउँबाट करिव ४० किलोमिटर टाढाा उत्तरमा पर्ने निजगढ बजार आइपुगेका हुन् ।

‘सिजन सकिन लागिसक्यो अब पनि जोतेर छर्न पाइएन भने बर्षभरि भोकै बस्नुपर्छ, साहले भने–नाकाबन्दी र आन्दोलनले तराईका जनता नै सबैभन्दा बढी समस्यामा छन् ।’ उनले एक जना व्यापारीले डिजेल मिलाइदिने आश्वासन दिएपछि आफू निजगढ आएको सुनाएको नेपाल समाचार पत्र दैनिकले छापेको छ ।

मधेसी जनताको हकअधिकारको लागि भन्दै संयुक्त मधेसी मोर्चाले ४ महिनादेखि जारी राखेको आन्दोलन र सीमा नाका धर्नाले इन्धन र उपभोग्य बस्तु अभावमा साह जस्तै बारा, पर्सा र रौतहटका दक्षिणी भेगका सर्वसाधारण सबैभन्दा बढी मर्कामा परेका छन् ।