१ कार्तिक २०८३, शनिबार

मितेरीपुलमा बसेका मधेसी मोर्चाका कार्यकर्तामाथि फेरि भारतीय नागरिकद्वारा आक्रमण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

वीरगञ्ज, ९ पुस । भारततर्फबाट आएका भारतीय नागरिकहरूले वीरगञ्जस्थित मितेरीपुलमा धर्नामा बसेका मधेसी मोर्चाका कार्यकर्तालाई आक्रमण गरेर नाका खोल्ने प्रयास गरेका छन् ।

मितेरीपुलमा बाँस बाँधेर अबरोध गरेर धर्नामा बसेका मधेसी मोर्चाका कार्यकर्तालाई भारतीय नागरिकहरूले हटाउन खोजेपछि बिवाद भइ भनाभन भएको हो ।

पर्सा प्रहरीका अनुसार बुधबार राति करिब साढे नौ बजे मितेरी पुलमा धर्नामा बसेका १०/१५ जना मधेसी मोर्चाका आन्दोलनकारीलाई सीमापारी रक्सौलबाट आएका भारतीय नागरिकहरूले आक्रमण गरेको जनाएको छ ।

‘हामीले पनि थाहा पायौँ’, प्रहरी स्रोतले भन्यो, ‘धर्नाकारी बसेको स्थान मितेरी पुलमा हामी जाँदा झन् झडप हुने भएकाले त्यसतर्फ गएनौ । मधेसी धर्नाकारीले ‘जय मधेस’ भनेर नारावाजी गरेको सनिएको थियो ।’

प्रहरी स्रोतका अनुसार भारतीय सीमानाका व्यापारी र स्थानीयले मधेसी मोर्चाको नाकाबन्दी र मितेरीपुलको अबरोधले नेपाल–भारतवीचको व्यापारमा समस्या परेको भन्दै आक्रमण गरेका हुन् ।

मधेसी मोर्चाले मितेरपुलमा बाँधेर राखेको बाँस भारतीय नागरिकहरूले हटाएर फाल्न खोजेपछि धर्नाकारीले ‘जय मधेस, जय मधेस’ भन्दै नारावाजी गरेका हुन् । भारतीय नागरिकहरूले मितेरीपुलमा धर्नामा बस्न नपाइनेभन्दै मधेसी मोर्चाका कार्यकर्तालाई भौतिक आक्रमणको प्रयाससमेत गरेका थिए ।

भारतीय नागरिकहरूको आक्रमण प्रयासपछि झण्डै दुई घण्टा मितेरीपुलमा तनाव उत्पन्न भएको थियो । मितेरीपुलमा एकसय बढी भारतीय नागरिक आएर अबरोध हटाउन खोजेका थिए ।

रक्सौलबाट टाँगा, ठेला र रिक्सामा भारतीय नागरिकहरू आएको प्रत्यक्षदर्शीको भनाइ छ ।

असोज ७ गतेदेखि मधेसी मोर्चाले वीरगञ्जको रक्सौल नाकाको मितेरीपुलमा धर्ना बसेर अबरोध नाकाबन्दी गर्दै आएको छ ।