१३ कार्तिक २०८३, शुक्रबार

नेपाली राजनीतिका यस्ता नेता जसले ६ महिनामा संविधान बनाएर कार्यान्वयन गरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

krishna_prasad_bhattaraiकाठमाडौं, ८ पुस । पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेपाली राजनीतिका साधारण नेता हुन् ।

आफ्नो जीवनकालमा जेल जीवन र आश्रम बसेका भट्टराई सन्त नेता हुन् । देश र राष्ट्रियताका लागि सबैलाई साथमा लिई अगाडि बढ्न सफल एक मात्र नेता भट्टराई हुन् ।

नेपाली काँग्रेसका वरिष्ठ नेता शेरवहादुर देउवाका अनुसार सन्त नेता भट्टराईले आफ्नो कार्यकालमा ६ महिनाभित्र संविधान बनाएर कार्यान्वयन समेत गराएका थिए । देउवाका नजरमा नेपाली राजनीतिक इतिहासमा सफल नेताका रुपमा भट्टराई स्थापित भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई दलको नेता भन्दामाथि राखेर हेर्नुपर्ने बताए ।

ललितपुरको बाँडेगाँउस्थित भट्टराई आश्रममा पूर्व प्रधानमन्त्री भट्टराईको पूर्णकदको सालिक अनावरण गर्दै प्रधानमन्त्री ओलीले समाज परिवर्तनका लागि उहाँ कुनै दलमा आबद्ध भएपनि उहाँका योगदान देश र जनताका लागि भएकोले उहाँलाई राष्ट्रिय नेताका रुपमा सम्मान गर्नुपर्ने बताए ।

‘कृष्णप्रसाद भट्टराई समाज रुपान्तरणको नेता हो’ प्रधानमन्त्रीले भने ‘उहाँ परिवर्तनको साक्षी किनारामा मात्र हैन सधैं अग्र भागमा रहनुभयो ।’ नख्खु जेलमा हुँदा भट्टराईसँग आफ्नो भेट भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले परिणाम जे जस्तो आएपनि सधैं सत्य बोल्ने नेताको रुपमाआफूले भट्टराईलाई चिनेकोे बताए ।

भट्टराईको ९१ औं जन्मजयन्तीका अवसरमा कृष्णप्रसाद भट्टराईको सालिक निर्माणको कार्यको प्रशंसा गर्दै प्रधानमन्त्रीले आश्रमलाई सरकारको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए । प्रतिष्ठानका अध्यक्ष पिएल सिंहले सन्त नेता भट्टराईले देखाउनुभएको बाटोमा नेपालका राजनीतिक दल हिड्न सके देशले काँचुली फेर्ने बताए ।