१३ कार्तिक २०८३, शुक्रबार

सर्लाही कार्यालयमा आक्रमण भएको भन्दै महिला मन्त्रालयद्वारा भर्त्सना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Women-ministry

काठमाडौँ, ८ पुस । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले सोमबार सर्लाही जिल्लाको सदरमुकाम मङ्गवास्थित महिला, बालबालिकालगायत अन्य सरकारी कार्यालयको तोडफोड गर्नु निन्दनीय भएको जनाएको छ ।

‘सर्लाहीको केही सरकारी कार्यालयको भवनमा केही उशृृङ्खल व्यक्तिबाट आगजनी, तोडफोडबाट भवनको क्षतिलगायत विभिन्न कार्यालयका सामानको हानी नोक्सानी भएको खबरबाट मन्त्रालय चिन्तित भएको छ’–मन्त्रालयका प्रवक्ता नारायणप्रसाद काफ्लेद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको समुन्नति र उनीहरूको हकहित र अधिकारको संरक्षण र सम्बद्र्धनको दिशामा निरन्तर क्रियाशील कार्यालयमाथि निहीत स्वार्थबाट आक्रमण हुनु निन्दनीय भएको समेत मन्त्रालयले जनाएको छ ।

‘मन्त्रालयले यस्तो अमानवीय तथा निन्दनीय घटनाप्रति खेद तथा घोरभत्र्सना प्रकट गर्दै आफ्नो लक्ष्य तथा उद्देश्य हासिल गर्ने सिलसिलामा यस्ता क्रियाकलापबाट मन्त्रालय विचलित नभई निरन्तर अग्रसर रहने प्रतिबद्धता व्यक्त गर्दछ’ विज्ञप्तिमा भनिएको छ । रासस