१३ कार्तिक २०८३, शुक्रबार

कुरीतिजन्य घटनाको चौमासिक प्रतिवेदन सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Women-hinsa

काठमाडौं, ८ पुस । कुरीति अन्त्य समाज (कास)ले २०७२ भदौ १ गतेदेखि मंसिर मसान्तसम्म देशभर भएका कुरीतिजन्य घटनाको अभिलेख तयारी गरी विश्लेषण सहितको चौमासिक प्रतिवेदन बुधबार सार्वजनिक गरेको छ ।

अहिलेको वैज्ञानिक यूगमा पनि धर्म, संस्कृतिका नाममा मान्छेमाथि हुने घटनाहरुलाई न्यूनिकरण गर्न र हरेक मान्छेलाई आत्म सम्मानका साथ बाँच्न पाउँने वातावरणको सृजना गर्ने प्रयास स्वरुप यो कार्यको थालनी गरेको कासले जनाएको छ ।

कासका सचिव लोग्शरी कुँवरद्वाराजारी चौमासिक प्रतिवेदन अनुसार भदौदेखि मंसिरसम्म कुरीतिजन्य हिंसाका १४ वटा घटना सार्वजनिक भएका छन् ।

यो अवधीमा बोक्सी प्रथा १, बालबिबाहका ६, छुवाछुतका ५, बहु बिबाहका १, छाउपडीको १, गरी १४ घटनाहरु सार्वजनिक भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनका अनुसार खासगरी देशमा भएको अघोषित नाकाबन्दी र तराईका जिल्लामा यथावत आन्दोलनका कारण सञ्चार माध्यमहरुमा कुरीतिजन्य हिंसाका घटनासंग सम्बन्धित सामग्रीहरु विगतको तुलनामा एकदम कम रिपोर्ट भएका छन् । यस चौमासिकमा प्रतिशतका आधारमा निम्नानुसार कुरीतिका घटना सार्वजनिक भएको पाईयो ।

संस्थाले नागरिक, कान्तिपुर, राजधानी, गोरखापत्र, नयाँ पत्रिका, अन्नपूर्ण पोष्ट, नेपाल समाचार पत्रमा प्रकाशित समाचारहरुलाई आधार बनाएर प्रतिवेदन बनाएको जनाएको छ ।

यस्तै अघिल्लो चौमासिक (२०७२ बैशाखदेखि साउन मसान्त) को तुलनामा यो मौमासिकमा तुलनात्मक रुपमा कम घटनाहरु सार्वजनिक भएका छन् । अघिल्लो चौमासिक र यस चौमासिकका घटनालाई निम्नानुसार तुलना गर्न सकिन्छ ।