६ कार्तिक २०८३, शुक्रबार

प्रधानमन्त्री ओलीका अगाडि मध्यराति बालुवाटारमा प्रचण्ड पड्किएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP-Oli-Prachanda-Kanekhusi

काठमाडौं । यो भारतको आदेश कति दिन मान्ने ? लोकमान को हो ? राजा हो ? ऊ सुपर क्याबिनेट र हामीचाहिँ मिनी क्याबिनेट हो ? सार्वभौम राष्ट्र होइनौं हामी ? सबैतिर अस्तव्यस्त बनाएर अर्को खिलराज जन्माउने तयारी हुँदैछ यहाँ ।’ बिहीबार राति बालुवाटार पुगेका प्रचण्ड आधा घन्टासम्म पहिलो तलामा प्रधानमन्त्रीसँग यसरी पड्किए । भन्दै थिए, ‘लोकमानले भारतको आदेशअनुसार निर्णय गर्न अनि हामीले त्यसलाई कार्यान्वयन गर्नुपर्ने ? लौ, त्यसको पत्रलाई पाँच दिन थन्क्याऊँ र एक हप्तासम्म केही निर्णय नगरी बसौं ।’

गृहमन्त्री शक्तिबहादुर बस्नेतकै सामु प्रचण्डले केपी ओलीलाई गरेको ब्रिफिङअनुसार मधेसमा आन्दोलन चर्किएको मौका छोपेर फौजको मनोबल गिराउने र बाबुराम या लोकमानलाई सत्तामा हाबी गराउने दक्षिणी ग्रान्ड डिजाइनअन्गर्तत हठात यस्तो निर्णय गरिएको हो ।

अघिल्लो महिना बाबुरामले नयाँ शक्ति विस्तारका क्रममा बुटवल पुगेर ‘अख्तियारले अब प्रचण्डलाई समात्दै छ’ भनेका थिए । नभन्दै प्रचण्ड त होइन, उनैका महासचिव कृष्णबहादुर महराललाई एमाले नेताहरु लगायतका २९ भाइ राजनीतिज्ञको घानमा पारेर पुर्जी काट्ने काम भयो । मधेस तातिरहेका बेला विद्याधर मल्लिकबाहेक सबैजसो पहाडेमाथि कारबाहीको घन उज्याएर अख्तियारले के सन्देश दिन खोजेको हो, बुझ्न कठिन छैन । त्यसै क्रममा कोषराजलाई समेत मुल्तबीमा राखिएको पुरानो फाइल खिचेर दण्डित गर्ने काम भएको हो । जनआस्था साप्ताहिकमा खबर छ ।