३१ आश्विन २०८३, शनिबार

‘शिखर शु’ को नयाँ शोरुम डिल्लीबजारमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

showroom opening

काठमाडौं, ८ पुस । नेपालको नं. १ फुटवेयर ब्राण्ड शिखर शुले डिल्लिबजारको बाटुलेघर नजिकै नयाँ शोरुम सन्चालनमा ल्याएको छ ।

पौष ६ गते उक्त शोरुमको उद्घाटन कम्पनिका प्रबन्ध सञ्चालक राम कृष्ण प्रसाई तथा कम्पनिका निर्देशक सङ्गिता कडरियाले उद्घाटन गर्नुभयो । यसभन्दा अघि सन्चालनमा आएको गोङ्गबु शोरुम सहित शिखर शुका २७ वटा शोरुमहरु पुगेका छन् ।

ग्राहकहरुको सुबिधाको लागि हरेक महत्वपूर्ण स्थानहरुमा शोरुम खोल्ने वा स्थानिय ब्यापारीहरुलाई आफ्ना पसलहरुबाट शिखर शुका उत्पादनहरु उपलब्ध गराउन प्रोत्साहित गर्ने शिखर शुको निति रहेको कुरा कम्पनिका प्रबन्ध सन्चालक राम कृष्ण प्रसाईले उद्घाटनका क्रममा बताउनुभयो ।

यसपटकको १२औं राष्ट्रिय औद्योगिक प्रदर्शनीको प्रायोजक समेत रहेको शिखर शुको स्टलमा सदा झैं ग्राहकहरुको सद्भावको अपेक्षा रहेको कुरा कम्पनिका निर्देशक सङ्गिता कडरियाले बताउनुभयो । उक्त मेला भृकुटिमण्डपमा पौष ९ गते देखि १५ गतेसम्म जारी रहनेछ ।