६ कार्तिक २०८३, शुक्रबार

यो विश्व विद्यालयमा किन दिनदिनै ताला थपिन्छन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-sanskrita-universityकाठमाडौं, ८ पुस । गत भदौ ७ गते डा कुलप्रसाद कोइराला उपकुलपति नियुक्त भएर दाङ आउँदा नेपाल संस्कृति विश्वविद्यालयमा तीन महिनादेखि तालाबन्दी थियो ।

राजनीतिक नियुक्तिको माग गर्दै कांग्रेस निकट नेविसंघ, प्राध्यापक संघ र कर्मचारी संघले ताला लगाएका थिए ।

त्यति नै बेला कम्युनिष्ट कित्ताबाट पनि तत्काल रेक्टर नियुक्ति माग गर्दै अर्को ताला थपियो । नागरिक दैनिकले समाचार छापेको छ ।

उपकुलपति भएर आएका कोइराला आन्दोलनकारीको तारो त बने नै भदौ २८ गते कुलसचिव पदमा नियुक्त कार्तिकेय झा पनि आन्दोलनकारीको तारो बन्न पुगे ।

पानी लिन निवास बाहिर जाँदै गरेका उनको गाडीको चाँबी एमाले निकट विद्यार्थीले खोसेर भागे ।

यी दुवै घटनाको मुख्य कारण भनेको नियुक्ति विवाद नै हो ।

एमोवादी र एमाले रेक्टर पद आफ्नो भागमा पार्न चाहन्थे ।

विश्वविद्यालयले एमालेको कोटाबाट २४ असोजमा रमेशप्रसाद ढकाललाई रेक्टर नियुक्ति ग¥यो । तर न एमालेले ताला खोल्यो न एमाओवादीले ।

विश्वविद्यालय साढे ७ महिनादेखि बन्धक अवस्थामा छ ।

बैशाख २२ गते सुरु तालाबन्दीको शृंखला अझै टुंगिएको छैन ।

तालाबन्दीकै कारण साढे सात महिनायता विश्वविद्यालयका प्रशासनिक तथा शैक्षिक कार्य पूर्णरुपमा ठप्प छन् ।