६ कार्तिक २०८३, शुक्रबार

प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखनै ग्यास तस्करीमा लागेको रहस्य खुल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal Police Gassकाठमाडौं, ८ पुस । भारतीय नाकाबन्दीबीच छिटपुट नेपाल छिरेको खाना पकाउने एलपी ग्यास स्थानीय प्रशासन र प्रहरीकै मिलेमतोमा चरम कालोबजारी भइरहेको भेटिएको छ ।

राजधानी भित्रने प्रमुख नाका जिल्ला चितवन र धादिङ जिल्ला प्रशासन कार्यालयले यसरी आएका ग्यास उद्योगबाटै ‘लुट्न’ थालेको खुलासा भएको हो ।

राजधानीलाई प्रमुख बजार बनाउँदै ग्यास बिक्री गरिरहेका करिब एक दर्जन ग्यास कम्पनीले ल्याएका ग्यास तथा दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको ठाडो आदेशमा रिफिल सेन्टरबाटै लुट्न थालिएको समाचार नागरिक दैनिकले छापेको छ ।

‘चितवन र धादिङ सिडिओ कार्यालयले प्रत्येक साता ८ सय सिलिन्डर नदिए ग्यास काठमाडौं लानै नदिने भनेका छन्’, असुरक्षाका कारण आफ्नो नाम उल्लेख नगर्ने सर्तमा एक उद्योगीले भने, ‘एउटा उद्योगबाट ८ सयष्का दरले सिडिओलाई किन ग्यास चाहियो ?’

उद्योगीका अनुसार हाल श्रीकृष्ण, साइबाबा, बाबा, नारायणी, ओम, एभरेस्ट, सुगम, राजधानी, श्रीराम, भानुलगायत ग्यास उद्योग चितवन र धादिङमा छन् ।