काठमाडौं । मधेस आन्दोलनप्रति भारतीय राजदूत रन्जित रेको टोनमा अचानक परिवर्तन आएको छ ।
मधेसी मोर्चाका नेताहरुसँग सोमबार बिहान भएको ब्रेकफास्ट भेटमा राजदूत रेले चार महिनाभन्दा लामो मधेस आन्दोलनले निम्त्याएको अभावले आमजनतामा निराशा व्याप्त भएको भन्दै आन्दोलनरत पक्ष, नेपाल र भारत सरकार कसैको पनि हित नगर्नेतर्फ गम्भीरतापूर्वक सोच्न मोर्चालाई आग्रह गरेका थिए ।
बैठकमा सहभागी मोर्चाका नेता तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवका अनुसार राजदूत रेले मधेस आन्दोलनबारे चिन्त ब्यक्त गर्दै चाँडोभन्दा चाँडो सहमति गरी मुलुकलाई निकास दिन आग्रह गरेका थिए ।
लैनचौरस्थित दुतावासमा भएको ब्रेकफास्ट बैठकमा मोर्चाको जारी आन्दोलन, सरकार र मोर्चाबीचको वार्ता र उनीहरुको प्रतिक्रियाबारे परामर्श गदै चाँडोभन्दा चाँडो आन्दोलनलाई निकास दिन रेले जोड दिएका थिए । स्रोतका अनुसार उनले नेपाल सरकारको निर्णय मानेर आन्दोलन फिर्ता लिन भन्दा नमानेपछि हप्काएका थिए । अन्नपूर्ण पोस्टमा समाचार छ ।
















प्रतिक्रिया