बलेवा (बागलुङ), ७ पुस । बाग्लुङ नगरपालिका–२ श्रीनगर टोलमा रहेको मनसुन दालमोठ उद्योेगमा गए राति आगलागी हुँदा करिब रु एक करोड बराबरको क्षति भएको छ ।
आगलागीबाट दालमोठ बनाउने उपकरण, कच्चा पदार्थ र नगदमा क्षति पुगेको उद्योगका सञ्चालक यमप्रसाद कँडेलले बताउनुभयो । साँझ ७ बजे उद्योग बन्द गरिएको र उद्योगमा राति १२ बजे आगो लागेको थाहा पाइएको कँडेलले बताउनुभयो । आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीले रातिदेखि नै प्रयास गरे पनि बिहान मात्रै नियन्त्रणमा आएको थियो ।
आगलागीको कारण भने खुल्न सकेको छैन । करिब रु ५४ लाखको लागतमा सञ्चालित सो उद्योगमा गत वर्ष पनि आगलागी भएको थियो । उद्योगमा नौ कर्मचारी कार्यरत छन् । रासस















प्रतिक्रिया