३१ आश्विन २०८३, शनिबार

जिम्बु तेब्बर महँगो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jimbu

मुस्ताङ, ७ पुस । हिमाली क्षेत्रको उपहारको रुपमा चिनिने जिम्बुको मूल्य आकासिएको छ ।

मुस्ताङ र डोल्पाको माथिल्लो भेगमा पाइने एक किसिमको जडीबुटी जिम्बुलाई तरकारी तथा दालको परिकारमा झानेर खाने परम्परा छ । झानेर खाँदा स्वादिष्ट हुने जिम्बुलाई मुस्ताङ्गीहरुले कोसेलीको रुपमा देशका विभिन्न भागमा पु¥याउने गरेका छन् ।

समुन्द्री सतहदेखि तीन हजार ५०० मिटर उचाई भन्दामाथि पाइने जिम्बुलाई टिपेर घाममा सुकाएपछि बजारमा लैजाने गरिन्छ । मुस्ताङको कागबेनी, मुक्तिनाथ, जोमसोम गाविसका माथिल्लो भेगमा पाइने जिम्बुलाई स्थानीयवासीले सङ्कलन गरेर किलोको हिसाबमा बिक्री गर्ने गर्दछन् ।

गतवर्ष प्रतिकिलो रु एकहजार २०० मा बिक्री भएको जिम्बुको मूल्य यसवर्ष रु तीनहजार ५०० पुगेको जोमसोमका स्थानीयवासी हरि गुरुङले जानकारी दिनुभयो । “न्यून परिमाणमा पाइएकाले मूल्य तेब्बर भएको छ,” उहाँले भन्नुभयो, “पहिला डोल्पाबाट आउने गरेको थियो तर अहिले त्यो पनि बन्द भएको छ ।” जिम्बुको माग उच्च रहेका कारण छिमेकी जिल्ला डोल्पाबाट आयात हुने गरेको छ ।

गतवर्ष दुई हजार किलो जिम्बु आयात भएकोमा यसवर्ष पाँच किलो मात्र आयात भएको व्यापारी गुरुङले बताउनुभयो । प्रतिकुल मौसमका कारण हिमाली क्षेत्रमा यसवर्ष कम फलेको सङ्कलकको भनाइ छ । जिल्लाबाट म्याग्दी, पर्वत, बाग्लुङ, कास्की, राजधानीलगायत देशका विभिन्न भागमा जिम्बु निर्यात हुने गरेको छ । रासस