हुम्ला, ७ पुस । हुम्लामा नाकाबन्दी लगायत अन्य कारण देखाउँदै दैनिक उपभोग्य वस्तुको मूल्य एक्कासि वृद्धि भएको छ ।
पहिले प्रतिलि रु २८० मा पाइने धारा ब्रान्डको तेल अहिले प्रतिलि रु ३६० रहेको छ भने मोटा चामल प्रहिले प्रतिकेजी रु १२० पर्नेमा अहिले प्रतिकेजी रु १५२ पर्ने गरेको छ ।
डाडाँफ्या गाविसका प्रति परिवारलाई भाग प्रणालीअनुसार पाँच केजी मात्र पाउने भएकाले नपुग चामल व्यापारीले नेपालगन्ज र सुर्खेतबाट ढुवानी गरी ल्याएका छन् । सो चामल ३० केजीको रु तीन हजार २५० मा लिन जनता बाध्य छन् ।रासस















प्रतिक्रिया