काठमाडौं, ७ पुस । शिक्षा मन्त्रालयले मनपर्दी शिक्षक शुःल्क र योग्यता सूची विपरित काठमाडौं विश्वविद्यालय अन्तर्गतका कलेजमा जारी भर्नाबारे जवाफ माग गरेको छ ।
मन्त्रालयले सोमवार सर्वोच्च अदालतको आदेश एवं मन्त्रिपरिषद निर्णयअनुसार मन्त्रालयले तोकिदिएको शिक्षण शुःल्क र मेरिटका आधारमा भर्नासम्बन्धी निर्णय कार्यान्वयनको प्रगति विवरण यथाशीघ्र उपलब्ध गराउन सम्बन्धित कलेजलाई पत्राचार गरेको हो ।
सर्वोच्चको आदेशसँगै मन्त्रिपरिषदेले समेत एमबीबीएस तहमा अधिकतम शुल्क प्रतिविद्यार्थी ३५ लाख रुपैयाँभन्दा बढी लिन नपाउने, मेरिटका आधारमा भर्ना गर्नुपर्ने निर्देशन दिएकोमा केयुअन्तर्गतका कलेजले उल्लघंन गर्दै आएका छन् । नागरिक दैनिकले समाचार छापेको छ ।
केयुले मातहत कलेजमा शुल्क तोक्ने अधिकार आफूलाई नभएको भन्दै मनपर्दी शुल्क लिन बाटो छाडिदिएको छ ।















प्रतिक्रिया