६ कार्तिक २०८३, शुक्रबार

रमेश खरेल भन्छन्- नेवारी खाना एकदमै मनपर्छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ramesh-kharelरेस्टुरेन्ट कत्तिको जानुहुन्छ ?

एकदमै कम जान्छु । कहिलेकाहीँ बाध्यताले त कहिले परिवारसँग जान्छु । ‘लाइक माइन्डेड’ साथीहरूसँग कहिलेकाहीँ मात्र रेस्टुरेन्ट जान्छु । रेस्टुरेन्टमा जान धेरै रुचि लाग्दैन ।

कस्तो रेस्टुरेन्ट जान रुचाउनुहुन्छ ?

प्राय: नेवारी रेस्टुरेन्ट जान्छु । हाम्रो परिवारलाई नै नेवारी खाना एकदमै मन पर्छ । श्रीमती, छोरा, छोरी चारैजना भएर वेला–वेलामा नेवारी रेस्टुरेन्ट जान्छौँ ।

नेवारी खानामा खास के मन पर्छ ?

चिउरा, भटमास र छोइला मन पर्छ । नेवारी डल्लो म:म पनि निकै नै मीठो लाग्छ । घरमै बनाइने शुद्ध ‘वासा’ पनि मन पर्छ ।

कुन ठाउँको नेवारी रेस्टुरेन्ट जानुहुन्छ ?

कीर्तिपुरको डाँडामा एउटा नेवारी रेस्टुरेन्ट छ । हामी परिवार प्राय: त्यहीँ जान्छौँ । त्यहाँ सुकुलमा बसेर खान पाइन्छ । एकदमै रमाइलो लाग्छ ।

साथीभाइहरूसँग चाहिँ कुन ठाउँमा जानुहुन्छ ?

साथीहरूसँग गएका वेला बाजेको सेकुवा र थकाली रेस्टुरेन्ट जान्छु । थकाली खाना पनि मन पर्छ ।

ड्रिङ्स गर्नुहुन्छ ?

कहिलेकाहीँ गर्छु । एकदमै मन मिल्ने साथीसँग मात्र पिउँछु । तर थोरै पिउँछु ।

मन नपर्ने खाना ?

त्यस्तो मन नपर्ने खाना खासै केही छैनन् ।

मासु कत्तिको मन पर्छ ?

मासु मन पर्छ । खासगरी मलाई मटन मन पर्छ । चिकन पनि ठिकै लाग्छ ।

घरमा आफैँ पकाउनुहुन्छ ?

पकाउँदिनँ । मलाई पकाउने काममा खासै जाँगर चल्दैन ।

खानपिनमा सुझाब ?

धेरै चिल्लो र मसलावाल खाना खाँदिनँ । हप्तामा दुई दिन एकदम लाइट खाना मात्र लिन्छु । एक्सरसाइज र खानपिनको तालमेल मिलाउँदा स्वस्थ भइन्छ । (नयाँ पत्रिकाबाट)