काठमाडौं, ६ पुस । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा अहिले देखिएको समस्या समाधान भए पनि नभए पनि केपी ओली नेतृत्वको सरकार ढल्ने बताएका छन् ।
ओलीको विकल्प खोज्दा मुलुकको पनि हित हुने दावी गर्दै उनले भने, ‘गैर जिम्मेवार ब्यक्तिलाई जिम्मेवारी दिएर हुँदैन ।’ सरकारले कालोबजारीलाई संरक्षण दिइरहेको उनले आरोप लगाएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
उनले समस्या समाधानमा प्रधानमन्त्री नै बाधक भएको दावी गरे ।
सरकारले आन्दोलन लामो होस भन्ने चाहन्छ उनले भने ।















प्रतिक्रिया