३० आश्विन २०८३, शुक्रबार

कांग्रेस गाउँ सभापतिलाई कुटेपछि खोटाङमा तनाब

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khotang_district

खोटाङ, २५ असार । लाँफेहोंछा परिवार खोटाङले कांग्रेसका लफ्याङ गाउँ समितिका सभापति लोकेन्द्र राईमाथि निर्घात कुटपिट गर्ने दोषिमाथि कडा कारबाहीको माग गरेको छ ।

खोटाङ कानङ्ग्रेसका जिल्ला सभापति नेतृत्वको समूहबाट गाउँ सभापति राईमाथि निर्घात कुटिएको घटनाप्रति दुखः व्यक्त गर्दै लाँफेहोंछा परिवारले दोषिलाई कडाभन्दा कडा कारबाहीको माग गरेको हो ।

सदरमुकाम दिक्तेलमा पत्रकार सम्मेलन गर्दै लाँफेहोंछा परिवारका सचिव अनुप राईले पार्टी नेतृत्वबाट आफ्नै पार्टीको कार्यकर्तामाथि घृणित र लज्जास्पद तवरले घटना घटाइएको बताउनुभयो । उहाँले भन्नुभयो,– ‘लाँफेहोंछा परिवारप्रतिको यो आक्रमण कुनै पनि बाहनामा क्षमायोग्य छैन, राजनीतिक आडमा प्रशासनले दोषिलाई संरक्षण गर्ने छैन भन्ने आशा लिएका छौँ ।’

घाइते राईकी श्रीमती शशीकला राई र भाइ भिषण राईसहित आएको लाँफेहोंछा परिवारले सदरमुकाममै आक्रमण हुनु दुःखको कुरा हो भन्नुभयो । कांग्रेस क्षेत्र नम्बर २ को अधिवेशनको अघिल्लो दिन गत शनिबार राति गाउँ सभापति एवम् लाँफेहोंछा परिवारका सदस्यमाथि निर्घात कुटपिट भएको थियो ।

राईलाई कांग्रेस जिल्ला सभापति विष्णुकुमार राईकै संलग्नतामा पूर्व जिल्ला सदस्य रमेश खड्का, तरुण दलका जिल्ला उपाध्यक्ष भलकाजी गुरुङ र कार्यकर्ता सुमन गुरुङले निर्घात कुटपिट गरेको परिवारले बताएको छ । कुटपिटबाट राईको टाउको, आँखा र ढाडमा चोट लागेको छ ।

प्रहरीले कुटपिटको विरुद्ध किटानी जाहेरी लिनसमेत आलटाल गरिरहेको राईकी श्रीमती शशीकला राईले गुनासो गर्नुभयो । सभापतिको दबाबका कारण प्रहरीले मुद्दा दर्ता गर्न नमानेको सचिव राईको भनाइ छ । प्रहरीको अस्वीकारपछि र मुद्दा दर्ता नै नगरी फर्कनु परेको भिषण राईले बताउनुभयो ।