काठमाडौं, ५ पुस । मेगा बैंक नेपाल लिमिटेडले शाखारहित बैकिङ सेवालाई विस्तार गर्ने क्रममा दाङको डुरुवा र मानपुर गाविसमा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ ।
वित्तीय समावेशिताको माध्यमबाट आर्थिक शशक्तिकरण गर्ने उद्देश्य अनुरुप ग्रामीण भेगका जनतासम्म आधुनिक बैकिङ सेवा सुविधाको पहुँच विस्तार गर्न शाखारहित बैकिङ सेवा विस्तार गरिएको बैंकका सिइओ अनिलकेशरी शाहले बताउनुभयो ।
मेगा बैंकले सक्षम परियोजनासँगको सहकार्यमा यो बर्ष सुदूरपश्चिमसहित देशका विभिन्न जिल्लामा ३० वटा शाखारहित बैंकिङ सेवा विस्तार गर्ने योजना लिएको छ ।















प्रतिक्रिया