६ कार्तिक २०८३, शुक्रबार

नक्कली भूकम्पपीडितले गर्दा वास्तविकले राहत पाउनै कठिन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhukampaकाठमाडौं, ५ पुस । थाहा नगरपालिका गठन नहुँदै मकवानपुरको दामन गाविसमा एक हजार नौ सय १३ घरधुरी थिए । तर, महाभूकम्पपछि क्षति हुने घरको संख्या दुई हजार चार सय १३ देखाइएको कान्तिपुर दैनिकले समाचार छापेको छ ।

पालुङमा पनि एक हजार दुई सय ३६ घरधुरी रहेकामा भूकम्पपछि एक हजार सात सय ९४ पुग्यो । रसुवाको लहरेपौवामा एक हजार ५३ घरधुरी रहेकामा क्षति हुने घरको संख्या एक हजार चार सय ९५ उल्लेख छ ।

‘एउटै चुलोमा पकाएर खाएकाहरू भूकम्पपछि चारवटा शिविरमा बसेर छुट्टाछुट्टै परिवार भनी विवरण टिपाएका छन्,’ भूकम्पपछि क्षतिको स्थलगत विवरण संकलनमा खटिएका स्थानीय विकास मन्त्रालयका एक अधिकृतले भने, ‘दलीय संयन्त्रमा रहेका सबैले सिफारिस गरेका छन्, कसरी त्यसलाई अस्वीकार गर्नु ?’

६६ हजार ६ सय ३५ घर रहेको सिन्धुपाल्चोकमा भूकम्पपछि बढेर ८० हजार पुगे । ‘त्यसमा समेत आफूहरू छुटेको भनेर थप तीन हजारले घर पूर्ण क्षति भएको निवेदन दिएका छन्,’ गृह मन्त्रालय स्रोतले प्रश्न गर्दै भन्यो, ‘उनीहरूको निवेदन स्वीकार्ने हो भने १७ हजार घर थपिन्छन्, के उनीहरू सबै साँच्चिकै घरवारविहीन भएका वास्तविक पीडित हुन् ?’