काठमाडौं, ५ पुस । कांग्रेसमा पार्टीको भावी नेतृत्व हत्याउन सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवा आन्तरिक जोडघटाउमा जुट्न थालेका छन् ।
उपसभापति रामचन्द्र पौडेलले पनि सभापतिको आकंक्षा देखाएको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
आगामी फागुन तेस्रो साता काठमाडौंमा हुने १३ औं महाधिवेशनबाट कांग्रेसले पार्टीको नयाँ नेतृत्व तयन गर्नेछ ।
कोइरालाले फेरि सभापतिमा उठ्ने तयारी गरेका छन् । देउवा भने नयाँबानेश्वरमा सम्पर्क कार्यालय खोलेर नै तयारीमा जुटेका छन् ।
देउवाले कोइरालाको ५ वर्षे कार्यकालमा भएका कमजोरीलाई मात्रै महाधिवेशन एजेन्डा बनाए भने धेरै कार्यकर्ताको साथ पाउने अपेक्षा गरिएको छ ।















प्रतिक्रिया