६ कार्तिक २०८३, शुक्रबार

यसरी प्रवेश गर्दैछ एमाले तराई मधेसमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-Oli.काठमाडौं, ५ पुस । संविधानको पक्षमा तराई मधेसमा केन्द्रित गरेर नेकपा एमालेले ठूला आमसभा गर्ने भएको छ ।

एमालेले विर्तामोड, विराटनगर, लहान, बर्दिवास, वीरगन्ज, बुटबल, दाङ, बर्दिया, धनगढी र महेन्द्रनगरमा ठूला आमसभा गर्ने योजना बनाएको छ ।

जसमध्ये फागुन १५ गते वीरगन्ज र फागुन २१ गते बर्दियामा आमसभा गर्ने मिति तोकिएको महासचिव ईश्वर पोखरेलको विशेष निर्देशनमा उल्लेख छ । नागरिक दैनिकमा समाचार छ ।

त्यसैगरी, प्रदेश नम्बर ३ मा हेटौंडा र धुलिखेल, प्रदेश नम्बर ४ मा पोखरा र बाग्लुङ, क्षेत्र नम्बर ६ मा सुर्खेत र जुम्लामा एमालेले आमसभा गर्न लागेको हो ।

एमालेको मधेसलाई केन्द्रित गरी नयाँ संविधानका पक्षमा चलाउने तीनमहिने अभियानका क्रममा आमसभा गर्न लागेको हो ।