६ कार्तिक २०८३, शुक्रबार

१९ वर्षे बेहुला गिरफ्तार, बावु भने फरार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahila Nepaliसुर्खेत, ४ पुस । बालिका बिहे गरेको आरोपमा प्रहरीले सुर्खेतमा बेहुलासहित तीनजनालाई पक्राउ गरेको छ ।

वीरेन्द्रनगरस्थित कोलडाँडाका एक युवकले बालिका विवाह गरेपछि प्रहरीले बेहुलासहित तीनजनालाई पक्राउ गरेको हो । केटीको उमेर नपुग्दै विवाह गरेकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

जिल्ला बाल कल्याण समितिले उजुरी दिएपछि प्रहरीले बेहुला तेजबहादुर सुनार, उनकी आमा सरस्वती सुनार र बालिकाकी सानीआमा गीता जोशीलाई पक्राउ गरेको हो ।

बेहुलाका बावु लीलाराम सुनार भने फरार रहेको प्रहरीले जनाएको छ । उनको खोजी भइरहेको प्रहरीको भनाई छ । मंसिर २८ गते विवाह भएपनि प्रहरीले उनीहरुलाई बुधवार घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

उक्त विवाहका लागि अभिभावकको मञ्जुरी भए पनि केटीको उमेर १५ वर्ष मात्र भएकाले आफूहरुले प्रहरीमा उजुरी दिएको जिल्ला बाल कल्याण समितिले जनाएको छ ।

जिल्ला बाल अधिकार अधिकृत रमा भण्डारीले केटीको विवाह गर्ने उमेर नपुगेको र विवाहका लागि अभिभावकहरु समेत संलग्न रहेकाले उनीहरुविरुद्ध उजुरी दिएको बताइन् ।

कानुन् अनुसार केटा र केटीको विवाह गर्ने उमेर २० वर्ष पुगेको हुनुपर्दछ । तर अभिभावकहरुको मञ्जुरी भएमा भने १८ वर्ष पुगेको हुनुपर्ने उल्लेख छ । बेहुला तेजबहादुरको उमेर १९ वर्ष पुगको भएपनि केटीको उमेर नपुगेकाले उनीहरुलाई बालविवाह गरेको आरोपमा पक्राउ गर्न लगाइएको भण्डारीले बताइन् ।

बाल कल्याण समितिले उजुरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेर हिरासतमा राखेको छ । यस्तै अदालतबाट समेत म्याद थप गरिएको प्रहरीले जानकारी दिएको छ ।