इलाम, ३ पुस । बहुविवाह गरेको आरोपमा पक्राउ परेका दम्पतीलाई जिल्ला अदालतले आज जनही एक वर्ष कैद र रु पाँच हजार जरिवानाको फैसला सुनाएको छ ।
न्यायाधीश नवराज दाहालको इजलासले बहुविवाह गर्ने बाँझो–४ का जयराम राई र कान्छी पत्नी देउकुमारीलाई मुलुकी ऐन विवाहवारी महलको ९ र १० नं बमोजिम एक/एक वर्ष कैद र रु पाँच/पाँच हजार जरिमानाको फैसला सुनाएको अदालतका स्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिनुभयो ।
जयकी जेठी पत्नी निरु राईले उनीहरूविरुद्ध गतवर्ष जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । रासस














प्रतिक्रिया