३१ आश्विन २०८३, शनिबार

भारतको नाकाबन्दीबारे आपूर्तिमन्त्री पुनले विश्व व्यापार सङ्गठनलाई गराए जानकारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ganeshman-punकाठमाडौँ, ३ पुस । वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनले अत्यावश्यक वस्तु तथा सेवाको आपूर्तिमा सिर्जना भइरहेको व्यवधानले मुलुकको अर्थतन्त्रमा नकारात्मक असर सिर्जना गर्नुका साथै मानवीय सङ्कट नै उत्पन्न हुने स्थिति सिर्जना हुन पुगेको कुरा बताउनुभयो ।

मन्त्री पुनले बिहीबार केन्याको नैरोबीमा आयोजना भइरहेको विश्व व्यापार सङ्गठनको दशौँ मन्त्रिस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै नेपालले विगत केही समयदेखि व्यापार, पारवहन तथा यातायातका क्षेत्रमा अनपेक्षित रुपमा भोगिरहेको समस्यालाई उजागर गराउनुभयो ।

सम्मेलनको पूर्णसत्रमा नेपालका तर्फबाट आफ्नो मन्तव्य राख्ने क्रममा उहाँले विश्व व्यापार सङ्गठनका सबै सदस्य मुलुकले उक्त सङ्गठनअन्तर्गत भएका सम्झौताहरुको सम्मान गर्दै त्यसलाई व्यवहारमा उतार्न आवश्यक भएको कुरामा जोड दिनुभयो ।

मन्त्री पुनले विश्व व्यापार सङ्गठनमा भर्खरै प्रवेश गरेका दुई अतिकम विकसित मुलुक अफगानिस्तान र लाइबेरियालाई विश्व व्यापार सङ्गठनको नयाँ सदस्यका रुपमा स्वागत गर्दै बधाई ज्ञापन गर्नुभयो ।

मन्तव्यको अन्त्यमा, मन्त्री पुनले नेपालमा संविधानसभाबाट भर्खरै जारी लोकतान्त्रिक र समावेशी संविधानले मुलुकमा शान्ति, स्थायित्व समावेशी विकासको नयाँ युग सुरु भएको धारणा राख्नुभयो ।

उहाँले विश्व व्यापार सङ्गठनका सबै सदस्य र खासगरी निकट छिमेकी मुलुकहरुलाई नेपालको सानो अर्थतन्त्रलाई विश्व अर्थतन्त्रमा एकीकरण हुन सघाउ पु¥याउन आवश्यक सहयोगका लागि आग्रह पनि गर्नुभयो । रासस