३१ आश्विन २०८३, शनिबार

जग्गा लिजमा दिएर शिक्षकको तलब व्यहोर्दै विद्यालय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Note-paisaकञ्चनपुर, ३ पुस । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–९ बेलडाँडीमा रहेको सिद्धनाथ निम्नमाध्यमिक विद्यालयले निजी स्रोतमा कार्यरत शिक्षकको तलब व्यहोर्नका लागि स्वामित्वको जग्गा कुरिलो खेतीका लागि लिजमा दिएको छ ।

चार बिघा दश कट्ठा जग्गा कुरिलो खेतीका लागि लिजमा दिएर विद्यालयले शिक्षकको तलबको व्यवस्था गर्दै आएको हो । जग्गा लिजमा दिएबापत विद्यालयले वार्षिक रुपमा रु एक लाख पाउने गरेको छ । विद्यालयका अभिभावकसँग चन्दा सङ्कलन गर्नका आर्थिक अवस्थाले नभ्याउने र विद्यालयको आन्तरिक आर्थिक स्रोत नहँुदा जग्गा लिजमा दिएको विद्यालयका प्रधानाध्यापक शङ्करदत्त जोशीले बताउनुभयो ।

“विद्यालयमा निजी स्रोतमा पढाउँदै आएका तीन शिक्षकको तलब जग्गा लिजमा दिएबापत पाइने रकम बाट व्यहोर्दै आएका छौँ”, उहाँले भन्नुभयो । रासस