चितवन, ३ पुस । पूर्वी चितवनको कालिका नगरपालिकास्थित पदमपुरमा विषादी सेवनका कारण एक पुरुषको मृत्युभएको छ ।
कालिका नगरपालिका–११ पदमपुरका ५३ वर्षीय पानबहादुर गुरुङको विषादी सेवनका कारण मृत्युभएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
नाम नखुलेको विषादी खाएका गुरुङ गम्भीर बनेपछि बिहीबार साँझ चितवन मेडिकल कलेजमा ल्याइएको र उपचारका क्रममा राति नै मृत्युभएको चितवन प्रहरीले जनाएको छ । शवलाई अहिले परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
विषादी खानुको कारण खुलेको छैन । उक्त घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस














प्रतिक्रिया