१३ कार्तिक २०८३, शुक्रबार

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

motorbike accident
motorbike accident

इनरुवा, ३ पुस । पूर्व पश्चिम राजमार्गअन्तर्गत सुनसरीको हरिपुर–५ कोसी कटान क्षेत्रमा बिहीबार राति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को२१प ४१८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा भारत गजियावादका इमरान खाँको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी सोही दुर्घटनामा गम्भीर घाइते भएका सुनसरी हरिपुर गाविस–७ का अशोक मण्डलको उपचार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भइरहेको प्रहरीले जनाएको छ ।

खाँको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ । रासस