२३ कार्तिक २०८३, सोमबार

कांग्रेसको बैठक सानेपामा बस्दै, सदस्यहरूले धारणा राख्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Congress CC Meetingकाठमाडौं, ३ पुस । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा छलफल र बहस हुँदै आएको क्रियाशील सदस्यताका विषयमा आज पनि छलफल हुने भएको छ ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा आज बस्ने बैठकमा क्रियाशील सदयतालाई कसरी टुङ्ग्याउने र पार्टी भावी रणनीतिका विषयमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने छन् ।

बैठकमा क्रियाशील सदस्यताका विषयमा सभापति सुशील कोइराला र वष्ठि नेता शेरबहादुर देउवा समूहबीच टकराव हुँदै आएको छ ।

क्रियाशील सदस्यताको बिवादले कांग्रेसले यसअघि तोकिएको समयमा महाधिवेशन गर्न सकेको थिएन । बैठक दिउँसो दुई बजे बस्ने कार्यक्रम छ ।