६ कार्तिक २०८३, शुक्रबार

चीनले नेपाललाई इन्धन नदिनुको रहयस्य यस्तो छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-chinaकाठमाडौं, ३ पुस । उपप्रधानमन्त्री कमल थापा एक सातापछि चीन भ्रमणमा जाँदै छन् । भ्रमण मूलतस् चीनबाट इन्धन खरिदका लागि सम्झौतामा केन्द्रित हुनेछ ।

थापाले चीनको उच्च राजनीतिक तहमा वार्ता गरेपछि इन्धनको मूल्य तय हुने र त्यसैमा सम्झौता भर पर्ने परराष्ट्रसम्बद्ध अधिकारीले बताएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

सरकारले चीनबाट इन्धन ल्याउने बताइरहे पनि खरिदका लागि व्यापारिक सम्झौता गर्ने अवस्थामा पुगेको छैन ।

दुई महिनाअघि चीनका लागि नेपाली राजदूत डा. महेश मास्केको नेतृत्वमा चीन गएको वाणिज्य मन्त्रालय तथा नेपाल आयल निगमसहितको टोलीले चीनसँग नेपाललाई चाहिने एकतिहाइ इन्धन खरिद गर्ने ‘फ्रेमवर्क एग्रिमेन्ट’ गरेको थियो ।

तातोपानी नाकापारिको बाटो सहज हुने–नहुनेमा चिनियाँ पक्षले नेपाललाई अझै आधिकारिक जवाफ दिएको छैन ।

चिनियाँ पक्षले भूकम्पका कारण एउटा डाँडो नै तीन मिटर भास्सिएकाले त्यो क्षेत्रमाथिको खतरा कायमै छ भन्ने जानकारी सरकारलाई गराएको छ ।

यसबारे चीनका विभिन्न निकाय सम्मिलित प्राविधिक टोलीले एक महिनाअघि संयुक्त अध्ययन गरेको र त्यसको विवरणका आधारमा यातायात सुचारु हुने कि नहुने भन्नेबारे चीनले निर्णय लिने कूटनीतिक स्रोतले बतायो ।

त्यो निर्णयका लागि कति पर्खिनुपर्ने भन्ने यकिन छैन । ‘यदि त्यो ठाउँ सडक यातायातका लागि उपयुक्त छैन भन्ने विवरण आयो भने हामीलाई झनै अप्ठेरो छ,’ परराष्ट्र स्रोतले भन्यो, ‘तर, त्यस्तो विवरण आएन भने हाम्रा लागि अहिलेलाई सबैभन्दा सहज बाटो त्यही हो ।’

उच्च कूटनीतिक स्रोतका अनुसार चीन अझै नेपालसँग इन्धनको व्यापार दीर्घकालसम्म हुने विषयमा आश्वस्त हुन सकेको छैन ।

भारतसँगको नाका सुचारु भइसकेपछि मूल्य र सहज यातायातका कारण नेपालले व्यापारमा अनिच्छा देखाउने हो कि भन्ने चिनियाँ पक्षको चिन्ता छ ।

‘चीन इन्धन कारोबार नगर्ने पक्षमा छैन, तर आपत्कालीन अवस्थाको परिपूर्तिका लागि मात्रै हो भने त्यहीअनुसार समझदारी निर्माण गरौँ भन्ने सोचाइ चिनियाँहरूको छ,’ कूटनीतिक स्रोतले भन्यो, ‘नेपालले मूल्य तिर्न तयार हुने वचन दिने हो भने पनि चीन तयार हुन्छ, बाटो र स्टोरेज क्षमता बढाइदिने पनि आश्वासन उसले दिएको छ ।’