६ कार्तिक २०८३, शुक्रबार

चीन भ्रमणमा ३० लाख खर्च, तर तेल आएन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ganeshman-pun-660x330काठमाडौं, ३ पुस । चीनबाट तेल ल्याउने विषयमा सरकार र आयल निगमका गरी तीन प्रतिनिधिमण्डलले चीन भ्रमण गरेका छन् ।

भ्रमणमा आयल निगमले मात्रै ३० लाख रुपैयाँ खर्च गरेको समचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

तर, चीनबाट तेल आउने कुनै संकेत छैन । निगमले विदेश भ्रमण गर्ने कर्मचारीलाई दिने भत्ता र दुईतर्फी हवाई भाडासमेतलाई मूल्यांकन गर्दा तीनपटक चीन गएको टोलीले ३० लाख ४० हजार सात सय ५० रुपैयाँ खर्च गरेको थियो ।

सबै रकम भुक्तानी भइनसकेको निगम स्रोतले जनाएको छ । निगमले विदेश भ्रमण गर्ने आफ्ना कर्मचारीलाई दैनिक भ्रमण खर्चबापत सय डलर दिने गरेको छ । निजामती कर्मचारीलाई भने दैनिक एक सय ७५ डलर दिइन्छ ।