६ कार्तिक २०८३, शुक्रबार

चीनबाट इन्धन ल्याउने बहानामा कर्मचारीले ३१ लाख झ्वाम पारेको खुलासा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

China Petrol Oilकाठमाडौं। ३ पुस । चीनबाट इन्धन ल्याउने सम्झौताका नाममा सरकारी कर्मचारीले ब्रम्हलुट मच्चाएका छन् ।

चीनबाट इन्धन ल्याउने र बंगलादेशमा सम्भाव्यता अध्ययन गर्ने नाममा साढे ३१ लाख भन्दा बढी रकम खर्च भइरहेको अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ । तर, उपलब्धी भने शून्य रहेको छ ।

चीनबाट इन्धन ल्याउने भन्दै हालसम्म तीनवटा सरकारी टोली चीन पुगे पनि उपलब्धी भने केही भएको छैन ।

यसैगरी एक पटक सरकारी टोलीले बंगलादेश पनि भ्रमण गरेका छन् ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयभित्रै अहिले चीन पुगेर फर्किएको टोलीको आलोचना हुन थालेको छ ।

बिहीबार मन्त्रालयमा तिनै टोलीप्रति ब्यङ्ग्य गर्दै केही कर्मचारीले भन्दै थिए, ‘तेल ल्याउने नाममा चीन केही कर्मचारीको लागि ससुराली बनेको छ, राज्यको ढुकुटी वज्यर्थैमा खर्च भएको हिसाब कसले गर्ने ?’