नेपालगन्ज, २ पुस । नेपाली काँग्रेसका नेता पूर्णबहादुर खड्काले संविधान कार्यान्वयनका लागि प्रमुख तीन दल मिलेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।
प्रेस युनियन, बाँकेद्वारा आज यहाँ आयोजित पत्रकारसम्मेलनमा उहाँले संविधानले सबै नेपाली जनतालाई समान अधिकार दिएको बताउनुभयो । उहाँले भन्नुभयो- “मधेस केन्द्रित दलका नेताहरुले संविधानको अपव्याख्या गरेकाले पनि त्यसलाई चिर्न तीन दल मिल्नुको विकल्प छैन ।”
उहाँले थप्नुभयो- “भारतले नेपालमाथि लगाएको नाकाबन्दी असल छिमेकीले गर्ने व्यवहार होइन । राष्ट्रियता र मुलुकको सार्वभौमसत्ता र अखण्डताका विषयमा कसैसँग पनि सम्झौता हुन सक्दैन ।”
पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा उहाँले नेपाली काँग्रेसका केही नेताले गल्ती ग¥यो भन्दैमा पार्टी बेठीक हो भन्न नमिल्ने बताउँदै भन्नुभयो- “अब हामी नेपाली काँग्रेसलाई सनातनी परम्पराबाट मुक्त गर्ने अभियान सञ्चालन गर्छौं ।
आप्mनो दलभित्र अब ६०/४० को भागबन्डा महाधिवेशनअघि नै अन्त्य गरिने र एकताबद्ध भई पार्टीलाई जनमुखी बनाइने उहाँको भनाइ थियो । रासस














प्रतिक्रिया