१३ कार्तिक २०८३, शुक्रबार

डोटीबाट आएकी युवतीको काठमाडौंमा शव भेटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Death-body-1काठमाडौँ, २ पुस । डोटीबाट आएकी एक युवतीको राजधानीमा रहस्यमय मृत्यु भएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँ महानगरपालिका–१४ कुलेश्वर चुन्यभैरव मार्ग बस्ने डोटी दिपायल सिलगढी नगरपालिका–४ घर भएकी २० बर्षीया रविना महतराज विहीबार आफ्नै बिस्तारामा मृत अवस्थामा फेला परेकी हुन् । मृत्युको कारण खुल्न सकेको छैन् ।

यसैगरी भक्तपुर नगरपालिका–२ च्यामसिंह स्थित प्रतिक्षालयमा विहिबार नाम,थर,वतन खुल्न नसकेका अंदाजी ७५ बर्षीय पुरुष व्यक्ति मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुुसन्धान गरिरहेको छ ।