१३ कार्तिक २०८३, शुक्रबार

मधेसी मोर्चाको संघीय गठबन्धनले विशाल आमसभा गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, २ पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितका दलहरूको ‘संघीय गठबन्धन’ले मधेसी र थारुको आन्दोलनलाई सहयोग गर्न दुई प्रमुख शहरमा विशाल आमसभा गर्ने निर्णय गरेको छ ।

संघीय समाजवादी फोरम नेपालको तिनकुनेस्थित पार्टी मुख्यालयमा आज (बिहीबार) बसेको संघीय गठबन्धनको बैठकले धरान र बुटवलमा विशाल आमसभा गर्ने निर्णय गरेको सद्भावना पार्टीका महासचिव मनीष सुमनले जानकारी दिनुभयो ।

‘मधेसी र थारुको आन्दोलनलाई अझ उचाइँमा उपगाउन संघीय गठबन्धनले प्रमुख दुई शहरमा विशाल आमसभा गर्ने निर्णय गरेको छ’, महासचिव समनले भन्नुभयो, ‘पुस १७ गते धरान र पुस १९ गते बुटवलमा विशाल आमसभा हुनेछ ।’

बैठकमा संघीय गठबन्धनका तर्फबाट भएका अहिलेसम्मका आन्दोलनका समीक्षा हुनुका साथै मधेसी मोर्चाको आन्दोलनलाई कसरी प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको थियो ।