काठमाडौं, २ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) कोषराज वन्तलाई निलम्बन गर्न सरकारलाई सिफारिस गरेको छ ।
भ्रष्टाचारको आरोपमा वन्तमाथि छानविन गर्दै अख्तियारले निलम्बिनका लागि सिफारिस गरेको हो ।
सशस्त्र प्रहरीको सामान ढुवानीमा नक्कली बिल बनाएर करोडौं भ्रष्टाचार गरेको देखिन आएको र त्यसमा वन्त प्रमुख संलग्नता रहेको पाइएको अख्तियारले जनाएको छ ।
अख्तियारले उनीमाथि लागेको अभियोगबारे थप केही खुलाएको छैन । वन्तमाथि प्रहरी भर्ना छनौटमा अनियमितता गरेको आरोप लाग्दै आएको छ ।













प्रतिक्रिया